विराटनगर । इटहरी उप महानगरपालिकाका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । उनी नेकपा एमालेका पूर्व जिल्ला कमिटी अध्यक्ष पनि हुन ।

चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् ।

गठबन्धनमा प्रतिनिधिसभामा सुनसरी क्षेत्र नम्बर २ काँग्रेसको भागमा परेको छ भने सो क्षेत्रको प्रदेशसभा (क) माओवादीको भागमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय