उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यमा साझा गठबन्धनबाट निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) उम्मेद्वार बन्दै हुनुहुन्छ ।
लोकप्रिय विकासप्रेमी नेताको छबी बनाउनु भएका लिम्बू पुनः एक पटक प्रदेशसभा सदस्य बनेर अधुरा योजना पूरा गर्दै जनताको सेवा खटिने चाहना राख्नुभएको हो । उर्लाबारी र मिक्लाजुङ–२, ३, ६, ७, ८ र ९ को विकासमा उहाँले सांसद हुँदा ठूलो बजेट भित्र्याउन सफल बन्नुभयो । सडक, पुल, मठमन्दिर, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रको विकासमा लिम्बूको पहलमा १ अर्ब २० करोडभन्दा बढी बजेट यो क्षेत्रमा आएको छ । ५ बर्ष प्रदेश सांसद हुँदा लिम्बूले गरेको कामले पनि यस क्षेत्रका मतदाताहरुको मन जित्न सफल बन्नुभएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य लिम्बूलाई यस पटक नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको पनि समर्थन र साथ रहेको छ । अन्य पार्टीहरु पनि लिम्बूको उम्मेद्वारीलाई सकारात्मक रुपमा लिएको पाइन्छ । पार्टीभन्दा माथि उठेर जनताको सेवक भएर काम गरेकै कारण लिम्बूको प्रशंसा सर्वत्र रहेको छ । लिम्बू चुनाबी मिसनमा खटिसक्नुभएको छ । पाँच बर्षमा गरेका गतिबिधिको प्रतिकृयासहित सुझाव संकलनमा उहाँ खटिनु भएको छ । आफ्नो कार्यकालमा जनताको शिर निहुँराउने कुनै काम नगरेको र सदैब जनताको सेवक भएर काम गरेको उहाँले दाबी गर्नुभयो । लिम्बूको जीवनशैली पनि आम सर्वधारणसरह छ । सांसद हुँदा पनि सार्वजनिक यातायातमा हिँड्ने लिम्बू जनताको साथ र समर्थन विना परिवर्तन सम्भव नरहेको बताउनुहुन्छ ।























