यी हुन् प्रदेश १ मा संघ र प्रदेशका एमाले उम्मेद्वार

मोरङ,आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामा नेकपा एमालेले लगभग उम्मेद्वार टुंगो लगाएको छ ।
एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार झापाबाट प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नं. १ मा अग्निप्रसाद खरेल, क्षेत्र नं. २ मा देवराज घिमिरे, क्षेत्र नं. ३ मा तालमेलका लागि खाली, क्षेत्र नं. ४ मा लालप्रसाद सावाँ र क्षेत्र नं. ५ मा केपी शर्मा ओलीको उम्मेदवारी रहनेछ ।
यस्तै, प्रदेशसभामा निर्वाचन क्षेत्र नं. १ क मा रविन कोइराला र १ ख मा तालमेलका लागि खाली छाडिएको छ भने निर्वाचन क्षेत्र नं. २ क मा एकराज कार्की र ख मा तिलचन पाठक (चिन्तन) ले उम्मेदवारी पाएका छन् । निर्वाचन क्षेत्र नं. ३ क मा बसन्त बानियाँ र ख मा छबिलाल चुडाल वा दुर्गा प्रसाईलाई उम्मेदवार बनाइने छ । यस्तै निर्वाचन क्षेत्र नं. ४ क मा राधाकृष्ण खनालको उम्मेदवारी रहनेछ भने ख क्षेत्र तालमेलका लागि खाली छाडिएको छ । निर्वाचन क्षेत्र नं. ५ क मा हिक्मतकुमार कार्की र ख मा होमबहादुर थापालाई उम्मेदवार बनाइएको छ ।
ताप्लेजुङमा प्रतिनिधिसभातर्फ योगेश भट्टराई र प्रदेश क मा तिलकुमार मेयाङ्बो ख मा मणि शंकर पोमूको नाम फाइनल भएको छ । पाँचथर जिल्लामा प्रतिनिधिसभातर्फ बसन्त नेम्वाङ उम्मेदवार बन्नेछन् भने प्रदेश क मा राजकुमार भण्डारी र ख मा अइन्द्रसुन्दर नेम्वाङ वा डम्बर सम्वाहाम्फेमध्ये एकले टिकट पाउने छन् ।
इलाममा प्रतिनिधि सभातर्फ क्षेत्र नं. १ मा काजीमान कागते र क्षेत्र नं. २ सुवासचन्द्र नेम्वाङ उम्मेदवार बन्नेछन् । यस्तै प्रदेशसभामा क्षेत्र नं. १ क मा शोभा पराजुली र ख मा दिपक थेवेले टिक पाएका छन् । क्षेत्र नं. २ क मा गणेश बराल र ख मा रामबहादुर रानाको टिकट पक्का भएको छ ।
मोरङ जिल्लाबाट प्रतिनिधिसभामा क्षेत्र नं. १ बाट घनश्याम खतिवडा, क्षेत्र नं. २ मा ऋषिकेश पोखरेल, क्षेत्र नं. ३ मा भानुभक्त ढकाल, क्षेत्र नं. ४ मा विनोद ढकाल, क्षेत्र नं. ५ तालमेलका लागि खाली र क्षेत्र नं. ६ बाट लालबाबु पण्डित उम्मेदवार बन्नेछन् । मोरङमा प्रदेशसभातर्फ क्षेत्र नं. १ क मा उमाकान्त गौतम र ख मा खड्ग बस्नेत, क्षेत्र नं. २ क मा डिबी कार्की र ख मा लिलाबल्लभ अधिकारी, क्षेत्र नं ३ क मा किशोर राई र ख मा ज्ञानेन्द्र सुवेदी उम्मेदवार बन्नेछन् । प्रदेशसभामा क्षेत्र नं. ४ क मा जयप्रकाश चौधरी उम्मेदवार बन्ने छन् भने ख मा तालमेलका लागि खाली छाडिएको छ । यस्तै, क्षेत्र नं. ५ क मा सन्तोष साहले टिकट पाउँदा ख मा तालमेलका लागि खाली छाडिएको छ । क्षेत्र नं. ६ क मा रिता न्यौपाने उम्मेदवार बन्नेछिन् भने ख मा तालमेलका लागि खाली छाडिएको छ ।
सुनसरी जिल्लामा प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं. २ मा भीमप्रसाद आचार्य, क्षेत्र नं. ३ मा भगवती चौधरी, क्षेत्र नं. ४ मा जगदीशप्रसाद कुसियतको नाम फाइनल भएको छ । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ क मा रमेश बस्नेत र ख मा विजयकुमार राई, क्षेत्र नं. २ क मा रेवती भण्डारी र ख मा रामप्रसाद मेहता, क्षेत्र नं. ३ क मा रोहित कार्की र ख मा रामदेव यादव तथा क्षेत्र नं. ४ क मा गुणराज कोइराला र ख मा तालमेल वा अब्बास अन्सारी उम्मेदवार बन्ने टुङ्गो लागेको छ ।
एमालेले धनकुटा जिल्लाबाट प्रतिनिधिसभामा राजेन्द्र राईलाई उम्मेदवार बनाएको छ भने प्रदेशसभामा क्षेत्र नं. क मा निरु राई र क्षेत्र नं. ख मा इन्द्रमणि पराजुलीको नाम टुंग्याएको छ । यस्तै भोजपुर जिल्लामा प्रतिनिधिसभातर्फ शेरधन राई उम्मेदवार बन्नेछन् भने प्रदेशसभामा क्षेत्र क बाट हरिबहादुर राई र ख बाट खड्गबहादुर कार्कीले टिकट पाएका छन् ।
संखुवासभामा प्रतिनिधिसभा सदस्यको उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई बनाइएको छ । प्रदेशसभा क मा भविश्वर गुरुङ र ख मा विदुर लिङ्थेपले टिकट पाएका छन् । यस्तै तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि विजय सुब्बाले टिकट पाएका छन् भने प्रदेशसभामा क बाट तेजमान कन्दङवा र ख बाट किशोरचन्द्र दुलालले निर्वाचन लड्ने भएका छन् ।
खोटाङ जिल्लाबाट प्रतिनिधि सभामा विशाल भट्टराईले उम्मेदवारी दिनेछन् भने प्रदेशसभामा क्षेत्र क बाट पि.के. राई र क्षेत्र ख बाट रामप्रसाद दंगालको टिकट पक्का भएको छ । यता उदयपुर जिल्लामा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं. १ बाट मञ्जु चौधरी र क्षेत्र नं. २ का लागि ज्ञानेन्द्र श्रेष्ठ उम्मेदवार बन्नेछन् । प्रदेशसभा क्षेत्र नं. १ क मा बिमल कार्की र ख मा ईश्वरमणि राहुतको नाम स्वीकृत भएको छ । प्रदेशसभामा क्षेत्र नं. २ क बाट देवराज राई र ख बाट जीवनाथ दाहाल उम्मेदवार बन्नेछन् ।
सोलुखुम्बुमा प्रतिनिधि सभाका लागि मानवीर राई तथा प्रदेशसभा सदस्यका लागि क्षेत्र क मा उत्तमकुमार बस्नेत र क्षेत्र ख मा बुद्धिकुमार राजभण्डारीलाई टिकट दिइएको छ । यता ओखलढुंगामा प्रतिनिधिसभा सदस्य पदका लागि यज्ञराज सुनुवार उम्मेदवार बनेका छन् भने प्रदेशसभामा क्षेत्र क बाट अम्बरबहादुर गुरुङ र क्षेत्र ख बाट ज्ञानबहादुर खड्काको टिकट पक्का भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय