मोरङ । नेकपा एमालले मोरङमा प्रतिनिधि सभाको एक र प्रदेशको तीन निर्वाचन क्षेत्र जसपालाई दिएर चुनावी तालमेल गरेको छ। प्रतिनिधि सभाका लागि मोरङ क्षेत्र नम्बर ५ र प्रदेशका लागि ४,५,६ निर्वाचन क्षेत्रको ख क्षेत्र जसपालाई एमालेले दिएको हो।

अन्तिम समयमा आएर जसपालाई निर्वाचन क्षेत्र दिएपछि एमालेमा तीव्र असन्तुष्टि फैलिएको छ। तालमेलपछि उम्मेदवार फाइनल भएर भोट माग्दै हिँडेका नेताहरु भने समस्यामा परेका छन्।

मोरङ क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डल प्रतिनिधि सभाका लागि फाइनल उम्मेदवारका रुपमा हेरिएको थियो। जीवन विकास समाज नामक संस्थाका निर्देशक मण्डल एमालेमा प्रवेश गरि चुनावी गतिविधिमा व्यस्त थिए।

मोरङ क्षेत्र नम्बर ६ ख मा परशुराम बस्नेत फाइनल उम्मेदवार भन्दै एक महिनाअघिबाटै भोट माग्दै हिँडेका थिए। यस्तै क्षेत्र नम्बर ४ ख मा जीवन घिमिरे समेत फाइनल उम्मेदवारका रुपमा हेरिएका थिए। उनी पनि महिना दिनअघिबाटै मत माग्न व्यस्त थिए।

जिल्लामा सोध्दै नसोधी क्षेत्र बाँडफाँड भएको भन्दै एमाले मोङका नेताहरुले केन्द्रको निर्णयमा तीव्र असन्तुष्टि जनाएका छन्। एक नेताले भने,’अहिले पनि पुनर्विचारका लागि भनिरहेका छौँ। हामी जसपालाई त्यति धेरै क्षेत्र दिनु हुँदैन भन्ने पक्षमा छौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय