उर्लाबारी । मोरङमा सत्ता गठबन्धन दलको भागबन्डा मिलेको छ । सहमति अनुसार चार संघीय क्षेत्रमा कांग्रेस र दुई क्षेत्रमा नेकपा माओवादी केन्द्रले उम्मेद्वारी दिने भएको हो ।
सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच भागबन्डाको विषयमा सहमति भएको छ । जनता समाजवादी पार्टी भने गठबन्धनबाट बाहिरिएको छ भने लोसपाको गठबन्धनमा इन्ट्री हुने भएको छ ।
भागबन्डा अनुसार मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा कांग्रेसले डिगबहादुर लिम्बू, मोरङ क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रले कुलप्रसाद साम्बा लिम्बू (कुशल) र मोरङ क्षेत्र नं. १ (ख) मा एकीकृत समाजवादीले उपेन्द्र घिमिरेलाई उम्मेद्वार बनाउँदैछ । मोरङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेद्वार कांग्रेसको भागमा परेको छ । कांग्रेसले सुजता कोइराला र डा. मिनेन्द्र रिजालमध्ये एकलाई उम्मेद्वार बनाउने छ । मोरङ क्षेत्र नं. २ (क) मा माओवादीले गणेश उप्रेती ‘सुशिल’ लाई उम्मेद्वार बनाउँदैछ भने ख मा कांग्रेसले उम्मेद्वार छान्ने छ । मोरङ क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यको उम्मेद्वार कांग्रेसको भागमा परेको छ । त्यहाँ कांग्रेसका सुनिल शर्मा उम्मेद्वार बन्दै हुनुहुन्छ । मोरङ क्षेत्र नं. ३ (क) कांग्रेस र ख एकीकृत समाजवादीको भागमा परेको छ । त्यस्तै, मोरङ क्षेत्र नं. ४ माओवादीको भागमा परेको छ । सो क्षेत्रमा माओवादीले अमनलाल मोदीलाई उम्मेद्वार बनाउँदै छ । मोरङ क्षेत्र नं. ४ (क) र (ख) नै कांग्रेसको भागमा परेको छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. ५ पनि माओवादीकै भागमा परेको छ । त्यहाँ माओवादीले शिबकुमार मण्डललाई उम्मेद्वार बनाउँदैछ । मोरङ क्षेत्र नं. ५ (क) र (ख) नै कांग्रेसको भागमा परेको छ । त्यस्तै, मोरङ क्षेत्र नं. ६ कांग्रेसको भागमा परेको छ । यहाँबाट कांग्रेसका डा. शेखर कोइराला उम्मेद्वार बन्दै हुनुहुन्छ । मोरङ क्षेत्र नं. ४ (क) मा कांग्रेस र माओवादीकै दाबी छ भने (ख) कांग्रेसको भागमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय