उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा सत्ता गठबन्धनले प्रभावशाली नेताहरुलाई उम्मेद्वार बनाएको छ । नेपाली कांग्रेसको भागमा प्रतिनिधिसभा, नेकपा माओवादीको भागमा मोरङ क्षेत्र नं. १ (क) र नेकपा एकीकृत समाजवादीको भागमा मोरङ क्षेत्र नं. १ (ख) परेको हो । जसमा तीनै पार्टीले प्रभावशाली नेतालाई उम्मेद्वार बनाएका छन् ।
मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट डिगबहादुर लिम्बू उम्मेद्वार बन्नु भएको छ । उहाँ कांग्रेस मोरङको सभापति हुनुहुन्छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ (क) मा माओवादीतर्फबाट कुलप्रसाद साम्बा लिम्बू (कुशल) उम्मेद्वार बन्नु भएको छ । उहाँ माओवादीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले ५ बर्ष प्रदेश सांसद हुँदा गरेको विकासका कामले यस क्षेत्रका जनताले विकासप्रेमी नेताको रुपमा लिम्बूलाई लिने गरेका छन् ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ (ख) मा एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे उम्मेद्वार बन्नुभएको छ । उहाँ पार्टीको प्रदेश सदस्य तथा प्रदेश नं. १ को सञ्चार तथा यातायात मन्त्री हुनुहुन्छ ।























