उर्लाबारी । मोरङ क्षेत्र नं. १ (ख) मा केराबारी गाउँपालिका वडा नं. २ निवासी डिल्लीराम अधिकारीलाई पार्टीले टिकट नदिएपछि सोही वडाका १९ जना वडा सदस्यहरुले समेत पार्टीको संगठनबाट राजिनामा दिएका छन् ।
नेकपा एमाले २ केराबारी गाउँपालिका वडा नं.२ को सिंगो वडा कमिटीमा आवद्ध १९ जनाले सामुहिक राजिनामा पत्र लेख्दै पार्टीका वडा अध्यक्ष देवी लिम्बु सहित उपाध्यक्ष, सचिव सहित १९ जनाले सामुहिक राजिनामा दिएको पत्रमा उल्लेख छ ।
























