उर्लाबारी । नेकपा माओवादी केन्द्रले मोरङको उर्लाबारीबाट दुई जनालाई समानुपातिकतर्फ प्रतिनिधिसभाको उम्मेद्वार बनाएको छ । पार्टीकी केन्द्रीय सदस्य ममता राजवंशी र विशेन्द्र चेम्जोङलाई आदिबासी जनजाति समूहबाट समानुपातिकको बन्दसूचीमा समावेश गरेको हो । राजवंशी उर्लाबारी–४ निवासी हुनुहुन्छ भने चेम्जोङ उर्लाबारी–७ निवासी हुनुहुन्छ । बन्दसूचीको १३ नम्बरमा राजवंशी र ३१ नम्बरमा चेम्जोङको नाम छ । प्रदेशसभा सदस्यमा भने माओवादीले उर्लाबारीबाट समानुपातिकमा कसैको नाम बन्द सूचीमा राखेको छैन ।
त्यस्तै, नेपाली कांग्रेसले प्रदेशसभा सदस्यमा शोभा चेम्जोङको नाम समानुपातिक बन्द सूचीमा समावेश गरेको छ । प्रदेशसभा सदस्यको २३ नम्बरमा चेम्जोङको नाम बन्द सूचीमा छ । चेम्जोङ उर्लाबारी–५ निवासी हुनुहुन्छ । कांग्रेसले प्रतिनिधिसभा सदस्य उम्मेद्वार समानुपातिक बन्द सूचीमा कसैको नाम राखेको छैन । त्यस्तै, प्रदेशसभा सदस्यमा बिद्या चाम्लिङको नाम नेकपा एकीकृत समाजवादीले समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ । उहाँ पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएको छ । चाम्लिङ उर्लाबारी–७ निवासी हुनुहुन्छ । एमालेले भने उर्लाबारीबाट प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ समानुपातिक बन्द सूचीमा कसैको पनि नाम समावेश गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय