उर्लाबारी । मोरङ क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । उर्लाबारीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेका प्रदेश कमिटी सदस्य रहेका खतिवडा सोही क्षेत्रका निवर्तमान सांसद् हुन् । यस्तै प्रदेश सभा क मा उमाकान्त गौतम र ख मा खड्ग बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।























