उत्तरी मोरङका लोकप्रिय सामाजिक ब्यक्तित्व डिल्लीराम शर्माले आसन्न मङ्सिर ४ गतेको निर्वाचनको प्रदेश सभा निर्वाचनको लागि मोरङ क्षेत्र नम्बर १ (२)बाट स्वतन्त्र उमेद्वारी दिएका छन ।
बिभिन्न सामाजिक सस्थाहरुमा आबद्द रहेर उत्तरी मोरङको सामाजिक, आर्थिक र सास्कृतिक बिकासमा सक्रिय शर्माले उर्लाबारीमा रहेको निर्वाचन कार्यलयमा असोज २३ गते ४:०० बजे मनोनयन दर्ता गराएका हुन ।
उत्तरी मोरङमा सहकारी अभियान्ता र पर्यटन ब्यबसायिको रुपमा परिचित शर्मा यसअघि नेकपा एमालेबाट उमेद्वारी रहने चर्चा भएको भएता पनि पार्टीले बिराटनगर निबासी जिल्ला बिकास समिति मोरङका पुर्ब सभापति खड्ग बस्नेतलाई टिकट दिएपछि शर्माले पार्टी परित्याग गरि स्वतन्त्र उमेद्वारी दिएका हुन । शर्माले शनिबार नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्यबाट राजिनामा दिएर मोरङ १ (२) बाट उमेद्वारी दिएका हुन ।
एमालेले शर्मालाई टिकट दिदा प्रदेश तथा प्रतिनिधि सभाको लागि नेकपा एमालेका उमेद्वार बिजय हुन सक्ने आङ्कलन गरिएको थियो । तर शर्मालाई उमेद्वारी नदिएको कारण दुबै तहमा एमालेले शाख जोगाउन नसक्ने चर्चा सुरु भएको छ । स्थानिय पार्टी कमिटि र नेताहरुको सुझाब र सल्लाहलाई लत्याउदै पार्टीको उपल्लो कमिटीबाट टिकट बितरणमा बिभेद गरेको भन्दै शर्माले शनिबार पार्टी परित्याग गरेको बताएका थिए ।
उमेद्वारी दर्ता गराईसकेपछि सन्चारकर्मीहरुसङ्गको भेटमा स्वतन्त्र उमेद्वार शर्माले सबै राजनितिक बिचारको सम्मान गर्न र उत्तरी मोरङको समग्र बिकास गर्न आफुले उमेद्वारी दिएको बताएका छन ।























