उर्लाबारी, नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजेन्द्रप्रसाद पाैडेलले हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले १ नं प्रदेश कमिटी सदस्य उनले माेरङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । नेकपा एमालेबाट उम्मेद्वारका आकांक्षी पाैडेलले वारेश मार्फत उम्मेदवारी दिएका हुन् ।























