उर्लाबारी । । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. १ मा राप्रपाले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सदस्य पदमा उम्मेद्वारी दर्ता गराएको छ ।
राप्रपाबाट होमनाथ गौतम प्रतिनिधि सभा सदस्य उमेदवार , प्रदेश ‘क’ बाट पूर्णबहादुर वाइवा तामाङ तथा प्रदेश ख बाट सन्तोष कार्की उम्मेद्बार रहेको राप्रपाको प्रचार बिभागले जनाएको छ ।























