उर्लाबारी, मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदमा १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
आज सम्पन्न मनोनयनमा यो क्षेत्रमा नेकपा एमाले, जसपा गठबन्धनबाट एमालेका घनश्याम खतिवडा, सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका डिगबहादुर लिम्बू, राप्रपाबाट होमनाथ गौतम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्बाहाम्फे, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मीप्रसाद कवां, हाम्रो नेपाली पार्टीबाट राजेन्द्रप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, ६ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । जसमा तिलकबहादुर मगर, निलु लिम्बू, फूलकुमारी पंडित राई, मनिषा सुवेदी, यामप्रसाद दाहाल र सुजता थापा रहेका छन् ।
यस्तै, मोरङ क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्यमा ७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेका उमाकान्त गौतम, सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कुलप्रसाद साम्बा, राप्रपाका पूर्णबहादुर वाइवा तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्जुन सिंह लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका शिवकुमार राई तथा स्वतन्त्र उम्मेद्वार खड्गबहादुर थापा र प्रेम वर्देवाले मनोनयन गरेका छन् ।
उता, क्षेत्र नं. १ (२) मा ८ जनाको उम्मेद्वारी परेको छ । नेकपा एमालेका खड्गबहादुर बस्नेत, सत्ता गठबन्धनबाट नेकपा एसका उपेन्द्रप्रसाद घिमिरे, राप्रपाका सन्तोष कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कृष्णकुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका ओमनाथ लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका टंकबहादुर गुरुङ तथा स्वतन्त्र डिल्लीराम शर्मा अधिकारी र दिपक राईले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।























