उर्लाबारी । उम्मेद्वारी छनौटमा असन्तुष्टी जनाउँदै मोरङ क्षेत्र नं. १ मा एमाले छोड्नेको लर्को लागेपछि आधिकारीक उम्मेद्वारलाई धक्का परेको छ । जनता समाजवादी पार्टीसँग गठबन्धन गरेर चुनाबमा होमिएको एमालेले तीनै वटै क्षेत्रमा पार्टीको उम्मेद्वार उठाएको भएपनि असुन्तष्टी तीब्र देखिएको हो ।

२०७४ सालको निर्वाचनमा एमालेबाट मोरङ क्षेत्र नं. १ (क) मा उम्मेद्वारको मुख्य दाबेदार रहनुभएका पार्टीका जिल्ला सचिब रुपेश खतिवडाले यस पटक पनि टिकट पाउनुभएन भने मोरङ क्षेत्र नं. १ (ख) मा पनि प्रभावशाली नेता डिल्लीराम शर्मा अधिकारीले उम्मेद्वारी पाउनु भएन । अधिकारी २०७४ सालमा पनि प्रदेशसभा सदस्य उम्मेद्वारको दाबेदार हुनुहुन्थ्यो । अधिकारीले एमाले प्रदेश कमिटी सचिवालय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र मोरङ क्षेत्र नं. १ (ख) बाट उम्मेद्वारी दिनुभएको छ । जिल्ला सचिब खतिवडाले पनि असन्तुष्टी जनाउँदै सचिब पदबाट राजीनामा दिनुभएको छ । त्यस्तै, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेलले पार्टी छोडेर हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारी दिनुभएको छ । पौडेल उर्लाबारी नगरपालिकाको मेयर र प्रतिनिधिसभा सदस्यको उम्मेद्वारको आकांक्षी रहनुभएको थियो । उहाँले दुबै स्थानमा पार्टीले पत्याएन । त्यसपछि उहाँले हाम्रो नेपाली पार्टीबाट लौरो चुनाब चिन्ह लिएर चुनाबी मैदानमा होमिनु भएको छ ।

त्यस्तै, मोरङ क्षेत्र नं. १ (ख) मा डिल्लीराम शर्मा अधिकारीलाई उम्मेद्वार नबनाएको भन्दै केराबारी गाउँपालिका वडा नं.२ का १९ जना वडा सदस्यहरुले समेत पार्टीको संगठनबाट राजिनामा दिएका छन् । नेकपा एमाले २ केराबारी गाउँपालिका वडा नं.२ को सिंगो वडा कमिटीमा आवद्ध १९ जनाले सामुहिक राजिनामा पत्र लेख्दै पार्टीका वडा अध्यक्ष देवी लिम्बु,उपाध्यक्ष, सचिवसहित १९ जनाले सामुहिक राजिनामा दिएको पत्रमा उल्लेख छ । युवा संघ प्रदेश कमिटी सदस्य एवम् एमाले मिक्लाजुङ ९ का सचिव, सामाजिक अभियन्ता छत्र डाँगीले पनि पार्टी परित्याग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा नेकपा एमालेको राष्ट्रिय युवा संघ प्रदेश कमिटी सदस्य, वडा नं. ९ सचिव रहँदै विभिन्न संघ सस्थामा रहि नेकपा एमालेलाई आज सम्म मैले गरेको सामाजिक, समुदायमा, देश र समाजको उन्नति प्रगति समाज रूपान्तर र समृद्धिको लागि गरेका सबै प्रयासहरु हामी र हाम्रो पुस्ताको कदर होइन, खेलौनामा मात्र हुने हुँदा,क. रुपेश खतिवडा,क. राजेन्द्र पौडेलको उदाहरण दिँदै नेकपा एमाले पूर्ण परित्याग गरेको घोषण गर्दछु भनेर पोष्ट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय