उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर चुनाबमा हामिएको छ । आज तीनै दलका तीन जना उम्मेद्वारले उम्मेद्वारी दर्ता गरेपछि उत्साह जागेको हो ।
नेपाली कांग्रेसको भागमा प्रतिनिधिसभा सदस्यको उम्मेद्वार परेको थियो । जसमा पार्टीका मोरङ सभापति डिगबहादुर लिम्बूलाई उम्मेद्वार बनाएको छ । नेकपा माओवादी केन्द्रको भागमा परेको मोरङ क्षेत्र नं. १ (१) मा प्रभावशाली युवा नेता कुलप्रसाद साम्बा लिम्बू (कुशल) लाई प्रदेशसभा सदस्यको उम्मेद्वार बनाएको छ भने नेकपा एकीकृत समाजवादीको भागमा परेको मोरङ क्षेत्र नं. १ (ख) मा प्रदेश सरकारका सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरेलाई उम्मेद्वार बनाएको छ । तीन जनाको उम्मेद्वारीले सबै पार्टी कार्यकर्ता र मोरङ क्षेत्र नं. १ का क्षेत्रबासीमा उत्साह जागृत भएको नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । प्रभावशाली र विकासप्रेमी नेताहरुलाई गठबन्धनबाट उम्मेद्वार बनाएको उहाँले बताउनुभयो ।























