उर्लाबारी । मोरङ क्षेत्र नं. १ (१) को प्रदेशसभा सदस्यमा त्रिपक्षीय भिडन्त हुने सम्भावना देखिएको छ । मोरङ क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको वडा नं. २, ३, ६, ७, ८ र ९ गरी १५ वटा वडा समेटेर मोरङ क्षेत्र नं. १ (१) निर्वाचन क्षेत्र बनाइएको हो । जसमा वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता तथा मोरङ क्षेत्र नं. १(१) का निवर्तमान प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा लिम्बू (कुशल) उम्मेद्वार बन्नुभएको छ भने नेकपा एमालेबाट नेकपा एमालेका उमाकान्त गौतम, राप्रपाका पूर्णबहादुर वाइवा तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्जुन सिंह लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका शिवकुमार राई तथा स्वतन्त्र उम्मेद्वार खड्गबहादुर थापा उम्मेद्वार रहनुभएको छ । स्वतन्त्र उम्मेद्वार प्रेम बर्देवाको भने उम्मेद्वारी खारेज भएको छ ।
मोरङ क्षेत्र नं. १ (१) मा त्रिपक्षीय भिडन्त हुने सम्भावना देखिएको छ । साम्बालाई विकासप्रेमी नेताको रुपमा लिने गरिएको छ । जनतासँग घुलमिल भएर जनताकै सल्लाह र सुझाव अनुसार ५ बर्ष साम्बाले काम गर्नुभयो । जयसका कारण पनि उहाँलाई यस पटक बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धनले पनि साम्बाको पक्षमा माहोल बढेको छ । यस क्षेत्रका अधिकांश जनाले पुनः एक पटक साम्बालाई जिताउने पर्ने धारणा राख्दै आउनुभएको छ । पार्टीभन्दा माथी उठेर काम गर्न सक्ने खुबी साम्बाका रहेको धेरैले बताउन थालेका छन् ।
अर्का प्रतिष्पर्धी हुनुहुन्छ, एमालेका उमाकान्त गौतम । नेकपा एमाले उर्लाबारी नगर इन्चार्ज गौतम पार्टीका पूराना नेतामा पर्नुहुन्छ । गौतमले चुनाबी अभियान तथा भेटघाट थालिसक्नुभएको छ ।
त्यस्तै, राप्रपाबाट उम्मेद्वार बन्नुभएका पूर्ण वाइबा पनि यस पटक बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । सामाजिक छबी राम्रो बनाउनुभएका वाइबा राप्रपाको प्रदेश नं. १ को सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय