उर्लाबारी । १ नम्बर प्रदेशका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरेको पहलमा केराबारी गाउपालिका वार्ड न.९ स्थित बेलचौरीमा १ज्ञ परिवार लोपोन्मुख ऋषिदेव समुदायहरुका लागि निर्माण भइरहेको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका घिमिरेले आज मन्त्री बन्दै गरेको घरको निरीक्षण गर्नुभएको हो । घरको अवस्थाका बारेमा मन्त्री घिमिरेले चासो लिनुभएको छ । सोही ठाउँमा मन्त्रीकै पहलमा २० परिवार ऋषिदेबहरुका लागि यसअघि घर निर्माण भइसकेको छ ।























