उर्लाबारी । नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको एमाले मोरङको विस्तारित पदाधिकारी बैठकले खतिवडाको राजिनामा स्वीकृत गरेको हो ।
पार्टीभित्र खतिवडाको प्रभाव बढ्न थालेपछि जिल्ला अध्यक्ष ऋषीकेश पोखरेलले पार्टीबाट पाखा लगाउन चुनाबको मुखमा राजीनामा स्वीकृत गरेको स्रोतको दाबी छ । खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै गत असोज २२ गते पदबाट राजिनामा दिनुभएको थियो ।
एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सम्पादक























