उर्लाबारी । नेकपा एमाले मोरङका सचिब रुपेश खतिवडाले पार्टी सदस्य त्यागेको घोषणा गरेपछि नेकपा एकीकृत समाजवादीकी नेतृ शान्ति पाख्रिलले झुपडीमा मिलेर बस्न अपिल गर्नुभएको छ ।
आफ्नो सामाजिक सञ्जालमा सन्देश पोष्ट गर्दै लेख्नुभएको छ ‘तपाईंले दिनुभएको मार्गदर्शनमा नै अडिक छु, मलाई ठूलो भ्रष्ट घरको नोकर होइन सानो झुप्रो घरको मालिक मन पर्छ । आउनुहोस् सानो झुप्रो घरमा मिलेर बसांै तपाईं हामी सबै’
उहाँले लेख्नु भएको पोष्ट यस्तो छ
दाजु रुपेश खतिवडा नमस्कार
मलाई आज केही लेख्न मन लाग्यौं तपाईंको हृदयमा चोट पुगेमा क्षमा चाहान्छु।।
राजनीति यात्रा गर्दै गर्दा अन्याय को बिरुद्ध बुलन्द आवज निकाल्न , मनमा लागेको कुरा स्पष्ट राख्न, भ्रष्टाचार को बिरुद्ध मा कार्वाही को माग गर्ने, गुन्डागर्दी , घुसखरीको अन्तय गर्ने म वामे सर्दै गरेको राजनीति रुपमा कलिलो हातहरुलाई समाएर डोर्याउनु भयौं। कति खुशी लाग्थ्यो त्यो बेला तपाईंको अभिभावकत्व मेरो लागि जन्मदिने बाबा , कर्म दिने श्रिमान् भन्दा तपाईंको बैचारिक सिद्धान्तमा अडिक रहदै आए । तर तपाईंले एक्कासि हामिलाई छाडेर उतै फर्कनु भयौं , थाहा छ मलाई तपाईंलाई एमाले प्रति माया भएकोले हो । हो मलाई पनि माया थियौ तर गलत लाई गलत भन्नुपर्छ भनेर तपाईंले सिकाउनु भएको कुरा जिवन्त कहिले भुल्न सकिन गलत भनिरहे यहीँ कारण म मेरो नगरको एमाले बाट आखाको तारो बनिरहेको थिए। जिल्ला प्रतिनिधि छनौट वाट नै नौरान भरिको बल लाएर हराउन पछि परेनन् , तत्कालीन पाटी अध्यक्ष मा मात्रै ७ मत ले हराउन सफल भए उनिहरु मलाई थाहा छ राम्रो भन्दा नराम्रोको भिड छ यो दुनियाँमा तर पनि कहिले बिचलित भईन र हुन्न पनि आज तपाईंले दिनुभएको मार्गदर्शनमा नै अडिक छु मलाई ठूलो भ्रष्ट घरको नोकर होइन सानो झुप्रो घरको मालिक मन पर्छ। आउनुहोस् सानो झुप्रो घरमा मिलेर बसौ तपाईं हामी सबै























