विराटनगर,आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि टिकट वितरणको विवादले एमाले मोरङमा पार्टी छाड्ने क्रम रोकिएको छैन।
उम्मेदवारी दर्ताकै बेला असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका मोरङ एमालेका सचिव रूपेश खतिवडाले पार्टीको साधारण सदस्यता पनि त्यागेको घोषणा गरेका छन्। एमालेमा विधि, प्रक्रिया, सिद्धान्त सबै सकिएको आरोप लगाउँदै उनले सोमबार यस्तो घोषणा गरेका हुन्।























