उर्लाबारी । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ मोरङ जिल्ला सदस्य राजन नेम्वाङ र खेलकुद महासंघ मिक्लाजुङ संयोजक सुरेन्द्र थापा नेकपा (माओबादी केन्द्र)मा प्रवेश गर्नु भएको छ ।
नेकपा माओबादी केन्द्र मिक्लाजुङले मंगलबार एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई पार्टीमा स्वागत गरेको हो । राष्ट्रिय युवा संघ मोरङ जिल्ला सदस्य नेम्वाङसहित १८ जना नेकपा एमालेबाट नेकपा माओवादीमा प्रवेश गरेका छन् । लक्ष्मी नारायण तथा शिव मन्दिरको सभाहलमा भएको कार्यक्रममा नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. १ (१) का प्रदेशसभाका उम्मेद्वार कुलप्रसाद सम्बा(कुशल)ले अबिर तथा खादा लगाएर पार्टी प्रवेश गराउनुभएको छ ।
नेकपा एमाले परित्याग गरी नेकपा माओवादी प्रवेश गर्नेहरुमा नेम्बाङ, थापासहित जगन्नाथ खतिवडा, इन्द्र खड्का, बीरबहादुर मगर, सुशिल श्रेष्ठ, कल्पना गजमेर, कमल प्रसाद ढकाल, सुरेन्द्र नेम्वाङ, गंगा थक्सु, अनिता खत्री, कुमारी बुढाथोकी, मंकर बहादुर मगर, दिनेशकुमार खड्का, सरोज लामा, हरि बिष्णु राई, राजन भण्डारी र विकास नेम्वाङ रहनुभएको छ । उहाँहरु सबै नेकपा एमाले परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गरेको नेकपा मओबादी केन्द्र मिक्लाजुङका इन्चार्ज दिनेश पौडेलले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार साम्बाले मोरङ क्षेत्र नं. १ को समृद्धि र विकासका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्धारहरुलाई जिताउनु पर्ने बताउनु भयो ।
निवर्तमान प्रदेश सभाका सदस्य समेत रहनुभएका साम्बाले आफुले ५ बर्षे कार्यकालमा थुप्रै कामहरु गरेको र अधुरा योजनाहरु पुरा गर्न आफ्नो उम्मेद्वारी रहेकोे प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय