उर्लाबारी । नेकपा एमालेबाट विद्रोह गरी मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बन्नुभएका राजेन्द्र पौडेल चुनाब चिन्ह लौरो लिएर जनताको घरदैलो सुरु गर्दै हुनुहुन्छ ।
वाम लोकतान्त्रिक गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेद्वारहरुबाट क्षेत्रको विकास सम्भव नहुनु निष्कर्षसहित नेकपा एमाले प्रदेश कमिटीको सदस्य त्याग्दै पौडेल चुनाबी मैदानमा उत्रिनुभएको हो । मोरङको कर्णालीको रुपमा रहेको मोरङ क्षेत्र नं. १ को विकासको योजना आफुसँग रहेको पौडेलले बताउनुभयो । उर्लाबारी लगायत उत्तरी मोरङ १ नम्बर निर्वाचन क्षेत्रका लेटाङ, मिक्लाजुङ र केरावारीको विकासमा भएको ढिलासुस्तीविरुद्ध चट्टान झंै उभिने उहाँले उद्घोष गर्नुभएको छ । स्वास्थ, शिक्षा र खानेपानी निःशुल्क बनाउने कानुन वनाउँदै कार्यान्वयन गर्ने भूमिका निभाउने उहाँले बताउनुभएको छ । रोजगारी सिर्जनाका लागि पर्यटन प्रवद्र्धनका गुरुयोजनाहरु बनाई निरन्तर बजेट विनियोजनका लागि पहल पनि उहाँले बताउनुभएको छ । निर्वाचन क्षेत्रको भौगोलिक विविधता, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ, खानेपानी, कृषि, सिचाई, पर्यटन, वन बाताबरण,जलस्रोत, यातायात, विद्युत, संचारलगायतको अवस्था एवम् बस्तुस्थितिका आफु जानकार रहेको र जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने उहाँले बताउनुभयो । ३० बर्ष देखि पालो गरी गरी जनप्रतिनिधि बनेका आदरणीय अग्रजहरुलाई सम्मान साथ विदाई गर्दै यसपटक एक छाप ‘लौरो’चिन्हमा मतदान गरि काम गर्ने अवसर दिनुहुन उहाँले मतदाताहरुमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय