उर्लाबारी । नेकपा (एकीकृत समाजवादी) का नेता तथा क्षेत्रीय निर्वाचन परिचालन समितिका सह–संयोजक गोपाल भट्टराई दिगो विकास र समृद्धिका लागि गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउनु पर्ने धारणा राख्नुभएको छ ।
आज उर्लाबारीमा मोरङ क्षेत्र नं. १ निर्वाचन परिचालन समितिको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनबाहेकबाट देशमा परिवर्तन सम्भव नरहेको बताउँदै जनताको हितका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक ठाउँमा उभिएको उहाँले प्रष्ट पार्नुभयो ।























