उर्लाबारी । कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले मोरङ क्षेत्र नं. १ का तीनै जनालाई जिताउन सक्रियपूर्वक खटिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
संविधानको रक्षा र राष्ट्रको आवश्यकता बमोजिम गठबन्धन गरिएको र गठबन्धनका उम्मेदवारलाई जिताउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभयो । फागोले राजनीतिक दलप्रति जनताको वितृष्णा पैदा भएकोले सबैलाई सचेत गराउँदै आफूले सक्ने मात्र बोल्न उम्मेदवारहरुलाई सुझाव दिनुभयो । सत्ता प्राप्तिका लागि नभई संविधानको रक्षा र संरक्षणका लागि गठबन्धन गरिएको उहाँले प्रष्ट पार्नुभयो । गणतन्त्र मान्ने एमाले र राजतन्त्र स्थापना गर्न चाहने राप्रपाबीचको गठबन्धन सत्ता प्राप्तिका लागि मात्रै भएको टिप्पणी गर्नुभयो । दुई दुई पटक संसद विगठन गरेर नेकपा एमालेले संविधान च्यात्ने काम गरेकोले मुलुकमा संविधानको संरक्षणका लागि गठबन्धन गरिएको बताउँदै नेता फागोले गठबन्धन भन्दा बाहिर गएर मतदान नगर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय