उर्लाबारी । मोरङ क्षेत्र नं. १ (१) का निर्वतमान प्रदेशसभा सदस्य तथा उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) भेटघाट तीब्र पार्नुभएको छ ।
आज विहान उहाँले उर्लाबारी–७ स्थित स्वयम्यू चैत्य बुद्ध महाविहारको अनुगमन तथा भेटघाट गर्नुभएको हो । निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ उक्त महाविहारमा बजेट विनियोजन भएको थियो । आगामी दिनमा स्वयम्यू चैत्य बुद्ध महाविहारलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन आफुले भूमिका खेल्ने निर्वतमान प्रदेश सांसद साम्बाले प्रतिबद्धता जाहेर गर्नुभयो । सो क्रममा नेपाली कांग्रेस उर्लाबारीका कार्यबहाक सभापति राजन रायमाझी, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाललगायतको उपस्थिति रहेको थियो ।























