उर्लाबारी । मोरङको उर्लाबारीस्थित किरात याक्थुङ चुम्लुङ नगर समितिका पदाधिकारी तथा सदस्यहरुसँग वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारहरुको भेटघाट तथा परिचय कार्यक्रम भएको छ ।
मोरङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार डिथबहादुर लिम्बू, मोरङ क्षेत्र नं. १(१) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) र प्रदेशसभा सदस्य समानुपातिक उम्मेद्वार शोभा चेम्जोङलगायत मोरङ क्षेत्र नं. १ को दिगो विकास र समृद्धिका लागि हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । कार्यक्रम नगरअध्यक्ष बानु सुब्बाको सभापतित्वमा भएको कार्यक्रम उपाध्यक्ष अमर सेलिङले गर्नुभएको थियो ।























