केराबारी । दशै पछि तिहार सकिए लगतै बाम गठबन्धन तर्फ मोरंग क्षेत्र नं.१ का उमेद्धारहरु आज दिनभर केराबारीको वस्ती बस्तीमा मतदाता संग भेटघाटमा व्यस्त बनेका छन् ।
आफ्ना निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट संगै मतदाता भेटघाटमा व्यस्त बनेका हुन् । निर्वाचन परिचालन समितीका कार्यक्रम तालिका अनुसार लेटाङ, र मिक्लाजुङका मतदाताहरु सङ क्रमशः भेटघाट पछि केराबारीमा आईपुगेका हुन् ।
करिब ८ वजे बिहान देखि चलेको घरदैलो अभियान साझ सम्म चलेको थियो। भने आज केराबारी ३,१०,८ नम्बर वडाको घरदैलो अभियान सकिए सङै कार्यक्रम स्थगित गरिएको छ।
मोरंग निर्वाचन क्षेत्र नम्बर १ बाट संघमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मोरंग जिल्ला सभापति डिकवहादुर लिम्बू र प्रदेश सभामा नेकपा समाजबादीका तर्फबाट प्रदेश १ का सूचना तथा यातायात व्यवस्था मन्त्री उपेन्द्र घिमिरेले उमेद्धारी दिएका छन् ।
दुवै जनाले केराबारीका विभिन्न ठाउका मतदाताहरु सङ भेटघाट गरेका छन। साथै भोली शनिबार केराबारी ६र ७ को विभिन्न टोलहरुमा जाने कार्यक्रम रहेको निर्वाचन परिचालन समितिले जनाएको छ ।
उत्तरी मोरङका लोकप्रिय नेताका रुपमा आफुलाई जनता माझ स्थापित गराएका दुबै नेता बिकास प्रेमीका रुपमा त्यहाका जनताहरुले चिन्ने गर्छन। विशेषगरी लेटाङ, केराबारीमा बाटो घाटो पुल निर्माणका कार्ययोजना मार्फत बिकास निर्माणका काममा महत्वपूर्ण भुमिका निर्वाह गरेका कारण यात्रा गर्न सहज भएको अधिकाक्ष मतदाताहरु बताउछन।
यसरी आफ्ना निर्वाचन क्षेत्र बिकासका लागि पहल गर्ने जनताका पक्षमा काम गर्ने नेताहरुलाई फेरि पनि उम्मेदवार को रुपमा देख्न पाउँदा मतदाताहरुले खुसी ब्यक्त गरेका छन।भने उम्मेदवारहरुको पक्षमा मतदान गर्न कति पनि कन्जुस्याइँ नगर्ने उनिहरुले बताए।
घरदैलो कार्यक्रम सहित जनताका घर आगन सम्म पुगेका उम्मेदवारहरुले आफुहरुले फेरि पनि बिजय भए के कस्ता योजनाहरुमा काम गर्ने ? कस्ता बिकासका योजनालाई प्रथामिक्ता दिने भन्ने बारे प्रतिबद्धता पत्रनै बाडेका छन।























