उर्लाबारी,मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको हत्या आरोपमा घटनामा संलग्न आठै जना पक्राउ परेका छन्।

पुरानो रिसीबीका कारण झापाको दमक नगरपालिका–१० नलबार बस्ने १४ वर्षका बालक दियुस श्रेष्ठको हत्यामा संलग्न आठै जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडा सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौक सपन खत्री, प्रतिक बराइली, सरोज परियार र सनिस याक्खा पक्राउ परेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक मिलनजंग थापाले बताए।

थापाका अनुसार हात्यामा संलग्न सनिस भागेर धनकुटा पुगेको अवस्थामा उनलाई धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरीएको बताए। उनी कामको सिलसिलामा उर्लाबारीमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ।
आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठपर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरूको समूहबीच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइवी साँध्न उनीहरूले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ।

छुरा प्रहारबाट गम्भीर घाइते भई लडिरहेका श्रेष्ठलाई उनका अर्का साथी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा श्रेष्ठको सोमबार विहान करिव ४ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।
घटनामा संलग्न निम्न ८ जना मध्ये ५ जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले दिउँसै पक्राउ गरेको थियो भने थप २ जनालाई साँझ र एक जनालाई धनकुटाबाट पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक थापाले बताए।

हत्यामा समलग्न ८ जनाको समुहलाई प्रहरीले घटना घटेको १२ घण्टा वित्न नपाउदै हत्यामा संंलग्न भएको चक्कु सहित पक्राउ गरी थप अनुसन्धान कार्य अगाडी बढाएको जनाएको छ।

हत्या गरिएका दियुस र हत्यामा संलग्नबीच विगतमा पनि झैझगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ।

पुरानो रिसिबीकै कारण दियुसको हत्या भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।
१४ बर्षीय बालकको मृत्युपछि गाउँनै शोकमा डुबेको छ। आफन्त र छिमेकीहरूको घरमा भीड लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय