उर्लाबारी । वाम लोकतान्त्रिक गठबन्धनबाट मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यको साझा उम्मेद्वार बन्नुभएका कुलप्रसाद साम्बा (कुशल) को पक्षमा माहोल सिर्जना भएपछि विपक्षीहरु अत्तालिएका छन् ।
२०७४ सालको निर्वाचनमा सानदार मतको साथ विजयी हासिल गर्नुभएका कुशलको पहलमा मोरङ क्षेत्र नं. १ (१) मा १ अर्ब ५० लाख बजेट भित्र्याउन सफल बन्नुभयो । चुनाब ताका वाचा गरेका ९० प्रतिशत काम पूरा गर्नुभयो । उहाँले पाँच बर्षमा गरेका कामको प्रशंसा यस क्षेत्रका बासिन्दाले गरिरहनुभएको छ । उर्लाबारी र मिक्लाजुङ जोड्ने मिक्लु खोलामा पुल निर्माण गर्ने सवाल होस् वा मिक्लु खोला–आइतबारे सडक कालोपत्रे कुशलको पहल महत्वपूर्ण छ । उर्लाबारी–७ स्थित इलाका प्रहरी कार्यालयको भवनसमेत कुशलको पहलमा बनेको हो । उर्लाबारीको चिउरामिलदेखि आम्बारीसम्मको सडक कालोपत्रे पनि कुशलकै पहलमा भएको थियो । यी यस्ता धेरै विकासका काम कुशलको पहलमा भएको छ । त्यसैकारण पनि यस पटक मतदाताहरुले कुशललाई गोलाकारभित्रको हसिँया हथौडामा मतदान गर्न आतुर देखिनुभएको छ । विकासप्रेमी नेता कुशलले यस क्षेत्रको विकासमा पु¥याउनु भएको योगदानलाई हेरेर पार्टीभन्दा माथि उठेर मतदान गर्नु पर्ने कतिपय एमाले कार्यकर्ताहरु नै बताउन थालेका छन् । कुशलले अन्तिम पटक प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका कारण पनि यस पटक अधुरा योजना पूरा गर्दै थप विकासका योजना भित्र्याउन सक्ने नेताको रुपमा धेरैले चित्रण गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय