अनिल चौहान
उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा राष्ट्रिय प्रजान्त पार्टी (राप्रपा) ले घरदैलो अभियान थालेको छ ।
आज मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यका उम्मेद्वार पूर्ण वाइबा तामाङसहितको टोलीले उर्लाबारीमा घरदैलो कार्यक्रम गरेको हो । पार्टीका प्रदेश सदस्य उर्लाबारी वडा नं. ७ निवासी वाइबा सामाजिक ब्यक्तित्व मानिनुहुन्छ । वाइबाले मतदाताहरुसँग भोट माग्दै एक पटक आफुलाई विजयी गराउन अपिल गर्नुभएको छ । समाज परिवर्तन र विकासका लागि आफ्नो उम्मेद्वार रहेको बताउँदै उम्मेद्वार वाइबाले राप्रपाको हलोमा मतदान गर्न सबै मतदाताहरुलाई आग्रह गर्नुभयो । उर्लाबारी–४ आइतबारे, उर्लाबारी–५ फागो टोल, उर्लाबारी–७ बरगाछी,उर्लाबारी–९ दुर्गापुरी, उर्लाबारी बजारलगायतमा घरदैलो कार्यक्रम गरिएको छ ।























