उर्लाबारी । वाम लोकतान्त्रिक गठबन्धनले मोरङ क्षेत्र नं. १ मा घरदैलो अभियान थालेको छ ।
आज मोरङको मिक्लाजुङको मधुमल्ला बजारबाट घरदैलो अभियान कार्यक्रम थालेको हो । मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेद्वार प्रत्यक्षतर्फ डिगबहादुर लिम्बू, प्रदेशसभा सदस्य उम्मेद्वार प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा (कुशल), प्रतिनिधिसभा सदस्य उम्मेद्वार समानुपातिकतर्फ माओवादीकी ममता राजवंशी, प्रदेशसभा सदस्य उम्मेद्वार समानुपातिकतर्फ कांग्रेसकी शोभा चेम्जोङ पालुङ्वा, प्रदेशसभा सदस्य उम्मेद्वार समानुपातिकतर्फ नेकपा एकीकृत समाजवादीकी विद्या चाम्लिङलगायतको सहभागितामा घरदैलो कार्यक्रम गरिएको छ । वाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचाल समितिका संयोजक खगेन्द्र मादेनको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको छ । संयोजक मादेनले दिगो विकास र समृद्धिका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार डिगबहादुर लिम्बूलाई प्रतिनिधिसभा सदस्यमा रुख र प्रदेश सभा सदस्यका उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) लाई गोलकारभित्रको हँसिया हथौडामा मतदान गर्न अपिल गर्नुभयो । यस पटक वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने अधिकांश मतदाताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय