उर्लाबारी । मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले जित्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं मोरङ क्षेत्र नं. १(१) प्रदेशसभा सदस्यका उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) ले दाबी गर्नुभयो ।
उहाँले प्रतिनिधिसभामा नेपाली कांग्रेस मोरङ सभापति तथा संविधानसभा सदस्य डिगबहादुर लिम्बू, मोरङ क्षेत्र नं. १(२) मा नेकपा एकीकृत समाजवादीका नेता तथा यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरे र मोरङ क्षेत्र नं. १(१) प्रदेशसभा सदस्यमा आफुले सानदार मतका साथ जित्ने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो–‘दिगो विकास र समृद्धिका लागि वाम लोकतान्त्रिक गठबन्धनले जित्दैछ, मंसिर ४ गते मतदाता ज्यूहरुले गठबन्धनकै उम्मेद्वारलाई मत दिनुहोस् ।’ ‘जनतालाई झुटो गफ होइन मोरङ क्षेत्र नं. १ लाई मिसनका साथ विकास गराउने योजनासहित वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु चुनाबी मैदानमा आएको छ’ उहाँले थप्दै भन्नुभयो–‘सबै पार्टीका नेता कार्यकर्ता, भातृ संगठनका नेता तथा कार्यकर्ता र सम्पूर्ण मतदाताहरु वाम लोकतान्त्रिक गठबन्धनका प्रचारक भएर खटिनुहोस्, तपाईहरुको विश्वास टुट्न नदिने गरी काम गरेर देखाउने छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय