उर्लाबारी । वाम लोकतान्त्रिक गठबन्धनले मोरङ क्षेत्र नं. १ मा लोकप्रिय र विकासप्रेमी उम्मेद्वार बनाएपछि जनलहर देखिएको छ ।
वाम लोकतान्त्रिक गठबन्धनबाट मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा डिगबहादुर लिम्बू, मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यमा कुलप्रसाद साम्बा (कुशल), मोरङ क्षेत्र नं. १ (२) मा उपेन्द्रप्रसाद घिमिरे उम्मेद्वार बन्नुभएको हो । लिम्बू नेपाली कांग्रेस मोरङको सभापति हुनुहुन्छ भने कुशल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ । त्यस्तै, घिमिरे नेकपा एकीकृत समाजवादीको प्रदेश सदस्य तथा यातायात ब्यवस्था तथा सञ्चार मन्त्री हुनुहुन्छ । तीनै जना लोकप्रिय र विकासप्रेमी भएका कारण यस पटक मतदाताहरुले वाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्ने बताउन थालेका छन् । आज मोरङको केराबारीमा घरदैलो तथा भेटघाट कार्यक्रम भएको छ । केराबारीको भेटघाट तथा घरदैलोमा मतदाताहरु निकै उत्साहित बन्नुभएको थियो ।























