उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा वामलोकतान्त्रिक गठबन्धनको पक्षमा उत्साह बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि एकातिर सत्ता गठबन्धन र अर्कोेतर एमाले–जसपा चुनावी मैदानमा छन् ।
वामलोकतान्त्रिक गठबन्धनले मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ र केराबारीका विभिन्न स्थानहरुमा घरदैलो र भेटघाट कार्यक्रम गरिरहेको छ । वामलोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू प्रतिनिधिसभा सदस्यको उम्मेद्वार हुनुहुन्छ भने प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १(१) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल) र प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १(२) मा प्रदेश नं. १ का यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे उम्मेद्वार हुनुहुन्छ । गठबन्धनले प्रभाशाली र विकासप्रेमीलाई उम्मेद्वार छनौट गरेपछि मतदातामा उत्साह जागेको छ । गठबन्धनका उम्मेद्वार कुशलले मोरङ जिल्लामा ६ वटै प्रतिनिधिसभा र १२ वटा प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनले जित्ने दाबी गर्नुभयो । विकास र समृद्धिका लागि सबै मतदाताहरुले गठबन्धनमा भोट हाल्ने उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय