उर्लाबारी । वाम लोकतान्त्रिक गठबन्धनबाट मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यको साझा उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) को पक्षमा एकाएक माहोल सिर्जना भएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा हुने अधिंकाश कार्यक्रममा सहभागी हुँदै आउनु भएका निवर्तमान् प्रदेश सांसद् कुशल निर्वाचित भएदेखि नै यस क्षेत्रको विकास निर्माण र स्थानीयको समस्या समाधानमा लागि परिरहनुभएको हो । २०७४ सालको निर्वाचनमा सानदार मतका साथ विजयी हाँसिल गर्नुभएका कुशल आफ्नो पहलमा मोरङ क्षेत्र नं. १ (१) मा करिब १ अर्ब ५० लाख बजेट भित्र्याउन सफल हुनुभयो । चुनाब ताका वाचा गरेका ९० प्रतिशत भन्दा बढि काम पूरा गर्नभएका कुशल यसपटक भारी मतका साथ विजयी हुने सम्भावना प्रवल छ ।
उहाँको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने उर्लाबारी र मिक्लाजुङ्गको सिमामा पर्ने मिक्लु खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने उर्लाबारी – टाँडी – रमिते सडक खण्ड कालोपत्रको काम जारी छ । उत्तरी मोरङको मुहार फेरिने यी योजनामा सांसद कुशलको महत्वपूर्ण भूमिका रहेको थियो ।
यस्तै बक्राहा र मावा खोला नियन्त्रण, सडक ग्राभेल, धार्मीक तथा सांस्कृतिक स्थलहरुको विकास, सामुदायिक भवन निर्माण, सामुदायिक विद्यालय तथा क्याम्पस, खानेपानी लगायतको विकासमा सांसद कुशलले आफ्नो क्षेत्रमा ठूलो बजेट भित्र्याउन सफल हुनुभयो । उहाँ आफ्नो निर्वाचन क्षेत्रमा दुःखमा परेका जनताको घरघरमा पुग्ने गर्नुभएको छ । कुशलले चर्चित ३३ केजी सुन काण्डदेखि अबैध रुपमा खोलाजन्य पदार्थ निकासी, शिक्षक हत्या प्रकरणलगायत विषयमा संसदमा खरो रुपमा आवाज उठाउँदै आउनुभएको थियो । उर्लाबारी र मिक्लाजुङ जोड्ने मिक्लु खोलामा पुल निर्माण गर्ने सवाल होस् वा मिक्लु खोला– आइतबारे सडक कालोपत्रे कुशलको पहल महत्वपूर्ण छ । उर्लाबारी–७ स्थित इलाका प्रहरी कार्यालयको भवनसमेत कुशलको पहलमा बनेको हो । यस्तै, उर्लाबारीको चिउरामिलदेखि आम्बारीसम्मको सडक कालोपत्रे पनि कुशलकै पहलमा भएको थियो । उहाँकै पहलमा उर्लाबारी बहुमुखी क्याम्पसको भवन निर्माणमा ५० लाख रकम विनियोजन भएको थियो । यस्तै उत्तरी मोरङका जनताहरुको समस्याहरुसँग सम्बन्धित विविध विषयमा संसदमा निरन्तर आवाज उठाउँदै आउनुभएका कुशलले प्रदेशसभा बैठकमा उठाएका यस्ता विषयले स्थानीयदेखि राष्ट्रियस्तरसम्म चर्चा समेत पाएको थियो । यस्ता धेरै विकास र पहलका कामहरु कुशलको पहलमा भएका छन् । त्यसैकारण पनि यस पटक मतदाताहरुले कुशललाई गोलाकारभित्रको हसिँया हथौडामा मतदान गर्न आतुर रहेको मतदाताहरु बताउँछन् । विकासप्रेमी नेता कुशलले यस क्षेत्रको विकासमा पुर्याएको योगदानलाई हेरेर पार्टीभन्दा माथि उठेर सक्षम र क्षमतावान् उम्मेद्वारलाई मतदान गर्नुपर्ने एमाले कार्यकर्ताहरु नै बताउन थालेका छन् ।
कुशलले अन्तिम पटक प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका कारण पनि उहाँलाई यस पटक अधुरा योजनाहरु पुरा गर्दै थप विकासका योजनाहरु भित्र्याउन सक्ने नेताको रुपमा धेरैले चित्रण गर्दै आएका छन् ।























