उर्लाबारी । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एबम् मोरङ क्षेत्र नं.१ (१) बाट प्रदेशसभा सदस्यका प्रत्यक्ष उम्मेदवार कुशल लिम्बुले आफू ग्रामीण परिवेशमा जन्मे हुर्केको भुईं मान्छे भएको र अर्काको सम्पतिमा कहिल्यै लोभ नगर्ने बताउनुभयो ।
‘म भुईं मान्छे हुँ, मेरो घर यही मिक्लाजुङ हो’, सोमबार मोरङको उर्लाबारी–८ दुर्गापुरीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै लिम्बुले भन्नुभयो । निवर्तमान प्रदेश सांसद समेत रहनु भएका लिम्बुले सडक, कुलो, मन्दिर, नदी नियन्त्रणलगायतमा बजेट विनियोजन गरी जनभावनाको कदर गरेको बताउनुभयो । यस क्षेत्रको विकास र समृद्धिका लागि आफू कहिल्यै बाधक नहुने बताउँदै उहाँले आफूलाई सँधै यस क्षेत्रका जनताको माया र साथ रहने आशा व्यक्त गर्नुभयो ।

आफू अन्तिम पटक प्रदेश सभा सदस्यको उम्मेदवार बन्न लागेको जानकारी दिँदै लिम्बुले भूमिहिन र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा दिलाउन आफूले कोशिस गरिरहेको बताउनुभयो । मंसीर ४ गतेको आम निर्बाचनमा गठबन्धनले दुई तिहाई बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै लिम्बुले त्यसपछि नेपाल विकासको युगमा प्रवेश गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय