उर्लाबारी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा किरात राई यायोख्या नगर समिति उर्लाबारीले मोरङ क्षेत्र नं. १ का वाम लोकतान्त्रिक गठबन्धन उम्मेद्वारहरुलाई सघाउने भएको छ ।
प्रतिनिधिसभामा रुख र प्रदेशसभा १(१) मा गोलाकारभित्रको हँसिया हँथौडामा मतदान गर्ने निर्णय भएको सचिब नारायण राईले जानकारी दिनुभयो । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) को पहलमा किरात राई यायोख्या नगर समिति उर्लाबारीमा ठूलो बजेट भित्रिएपछि निर्णय नै गरेर निर्वाचनमा मतदान गर्ने निर्णय भएको उहाँको भनाई छ । पार्टीभन्दा माथि उठेर विकास निर्माणमा योगदान पु¥याउने उम्मेद्वार वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्यतर्फ डिगबहादुर लिम्बू र प्रदेशसभा सदस्यमा कुलप्रसाद साम्बा (कुशल) लाई मतदान गर्न उहाँले सबैमा अपिल पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय