मोरङ क्षेत्र नं. १ मा परिचित नाम हो, कुलप्रसाद साम्बा (कुशल) । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य कुशल यही मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं. १(१) प्रदेश सभा सदस्यको उम्मेद्वार बन्नुभएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरु गठबन्धन गरेर चुनाबी मैदानमा छन् । सोही गठबन्धनमा माओवादीको तर्फबाट उहाँ उम्मेद्वार बन्नुभएको हो । जनजाति आन्दोलनबाट प्रभावित भएर २०४८ सालबाट शुभचिन्तक हुँदै राष्ट्रिय जनमुक्ति पार्टीको सदस्यबाट राजनीति सुरु गर्नु भएका कुशल सो पार्टीको विद्यार्थी संगठन पूर्वाञ्चलको सदस्यसम्म बन्नुभयो । २०५७ सालमा नेकपा माओवादीको सदस्य बन्न पुग्नुभयो । जनमुक्ति सेनाको सेक्सन कमाण्डर, मोरङ इलाका जनसरकार पहलिो सेना प्रमुख,इलाका पार्टी इन्चार्ज, सेना बीएन कमाण्डर, वाइसीएल मोरङ अध्यक्ष, पार्टी मोरङ सचिब, मोरङ इन्चार्ज हुँदै नेकपा माओवादी केन्द्रको हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको छ । २०३५ सालमा बुवा बृर्खबहादुर साम्बा र आमा राममाया लिम्बूको कोखबाट मोरङको टाँडी हाल मिक्लाजुङ गाउँपालिका–३ मा जन्मनुभएका कुशलले २०६२ पौष १० गते पवित्रा दाहालसँग अन्तरजातिय विवाह गर्नुभयो । जनजाति समूदायका कुशलले आर्य समूदायकी पवित्रासँग तेहथुममा जनवादी विवाह गर्नुभएको थियो । मिलनसार स्वभावका कुशल २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा सानदार मतका साथ विजयी बन्नुभयो । उहाँले प्रदेशसभा सदस्य हुँदा मोरङ क्षेत्र नं. १(१) को विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा हुने अधिंकाश कार्यक्रममा सहभागी हुँदै आउनु भएका निवर्तमान् प्रदेश सांसद् कुशल निर्वाचित भएदेखि नै यस क्षेत्रको विकास निर्माण र स्थानीयको समस्या समाधानमा लागि परिरहनुभएको हो । कुशल आफ्नो पहलमा मोरङ क्षेत्र नं. १ (१) मा करिब १ अर्ब ५० लाख बजेट भित्र्याउन सफल हुनुभयो । चुनाब ताका वाचा गरेका ९० प्रतिशत भन्दा बढि काम पूरा गर्नभएका कुशल यसपटक भारी मतका साथ विजयी हुने सम्भावना प्रवल छ ।
उहाँको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने उर्लाबारी र मिक्लाजुङ्गको सिमामा पर्ने मिक्लु खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने उर्लाबारी – टाँडी – रमिते सडक खण्ड कालोपत्रेको काम जारी छ । उत्तरी मोरङको मुहार फेरिने यी योजनामा सांसद कुशलको महत्वपूर्ण भूमिका रहेको थियो ।
यस्तै बक्राहा र मावा खोला नियन्त्रण, सडक ग्राभेल, धार्मीक तथा सांस्कृतिक स्थलहरुको विकास, सामुदायिक भवन निर्माण, सामुदायिक विद्यालय तथा क्याम्पस, खानेपानी लगायतको विकासमा सांसद कुशलले आफ्नो क्षेत्रमा ठूलो बजेट भित्र्याउन सफल हुनुभयो । उहाँ आफ्नो निर्वाचन क्षेत्रमा दुःखमा परेका जनताको घरघरमा पुग्ने गर्नुभएको छ । कुशलले चर्चित ३३ केजी सुन काण्डदेखि अबैध रुपमा खोलाजन्य पदार्थ निकासी, शिक्षक हत्या प्रकरणलगायत विषयमा संसदमा खरो रुपमा आवाज उठाउँदै आउनुभएको थियो । उर्लाबारी र मिक्लाजुङ जोड्ने मिक्लु खोलामा पुल निर्माण गर्ने सवाल होस् वा मिक्लु खोला– आइतबारे सडक कालोपत्रे कुशलको पहल महत्वपूर्ण छ । उर्लाबारी–७ स्थित इलाका प्रहरी कार्यालयको भवनसमेत कुशलको पहलमा बनेको हो । यस्तै, उर्लाबारीको चिउरामिलदेखि आम्बारीसम्मको सडक कालोपत्रे पनि कुशलकै पहलमा भएको थियो । उहाँकै पहलमा उर्लाबारी बहुमुखी क्याम्पसको भवन निर्माणमा ५० लाख रकम विनियोजन भएको थियो । यस्तै उत्तरी मोरङका जनताहरुको समस्याहरुसँग सम्बन्धित विविध विषयमा संसदमा निरन्तर आवाज उठाउँदै आउनुभएका कुशलले प्रदेशसभा बैठकमा उठाएका यस्ता विषयले स्थानीयदेखि राष्ट्रियस्तरसम्म चर्चा समेत पाएको थियो । यस्ता धेरै विकास र पहलका कामहरु कुशलको पहलमा भएका छन् । त्यसैकारण पनि यस पटक मतदाताहरुले कुशललाई गोलाकारभित्रको हसिँया हथौडामा मतदान गर्न आतुर रहेको मतदाताहरु बताउँछन् । विकासप्रेमी नेता कुशलले यस क्षेत्रको विकासमा पुर्याएको योगदानलाई हेरेर पार्टीभन्दा माथि उठेर सक्षम र क्षमतावान् उम्मेद्वारलाई मतदान गर्नुपर्ने एमाले कार्यकर्ताहरु नै बताउन थालेका छन् ।
कुशलले अन्तिम पटक प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका कारण पनि उहाँलाई यस पटक अधुरा योजनाहरु पुरा गर्दै थप विकासका योजनाहरु भित्र्याउन सक्ने नेताको रुपमा धेरैले चित्रण गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय