उर्लाबारी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल) लाई मंसिर ४ गतेको निर्वाचन सुखद रहेन । मोरङ क्षेत्र नं. १(१) बाट उहाँ एमालेका उमाकान्त गौतमसँग पराजित बन्नुभयो ।
निर्वाचनमा पराजित भए पनि जनतामाझ लोकप्रिय उम्मेदवारको रुपमा स्थापित कुशलले आफ्नो सामाजिक सञ्जाल र सचिवालयमार्फत मतदाताहरुलाई धन्यवाद तथा विजेताहरुलाई वधाई दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ
हार पनि जितको समिक्षा हो । जे हुन्छ सकारात्मक सोचको लागि हुन्छ । प्रतिशोध राख्नु हुँदैन बिजय हुनुहुने प्रदेशसभा सदस्य उमाकान्त गौतमलाई हार्दिक बधाई तथा शुभकामना । साथै निर्वाचनको अवधिभर साथ र सहयोग गर्नुहुने मतदातालगायत सबैमा हार्दिक आभार एबं धन्यवाद प्रकट गर्दछु । यस क्षेत्रको विकास र समृद्धिका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता पनि जाहेर गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय