उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ का सदस्य पूर्ण वाइबा तामाङले मतदाताहरुलाई धन्यवाद दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत वाइबाले मतदातालाई धन्यवादसहित विजेता उमाकान्त गौतमलाई बधाई दिनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ ।
मोरङ क्षेत्र नं १ क अन्तर्गत पर्ने उर्लाबारी नपा र मिक्लाजुङ्ग बासी आम मतदाता बाट प्राप्त सहयोग,समर्थन र सुभेच्छा का लागि आभार प्रकट गर्न चाहन्छु।तपाईंहरूले प्रदान गरेको हौसलाको सम्मान स्वरुप आगामी दिनमा अझै तपाईंहरुकै माझ बसेर सामाजिक कार्यलाई निरन्तरता दिने मैले प्रण गरेको छु।मेरो राष्ट्रीय प्रजातन्त्र पार्टीका तर्फबाट उमेद्वारी को क्रम मा यस क्षेत्र का सुबेछुक मतदाता बाट प्राप्त आशीर्वाद,सुझाव र अटुट स्नेह मेरा लागि प्रेरणा को स्रोत बनेको छ।भ्रष्टाचार मुक्त समाज र सुसासन का निमित्त हरदम लडिरनेछु।
अपेक्षाकृत नतिजा प्राप्त नभए पनि मतपरिणाम लाई स्वीकार गरी तपाईं हरुको प्रेम र सद्भाव मा रमाएको छू।निर्वाचन अवधि भर मलाई हौसला प्रदान गर्ने साथीभाइ,निर्वाचन लाई निष्पक्ष र भयरहित बनाउन खट्नु भएका सम्पूर्ण सुरक्षाकर्मी,पत्रकार ,निर्वाचन कर्मचारी सबैलाई धन्यबाद दिन चाहन्छु साथै निर्वाचित हुनुहुने उमेद्वार लाई हार्दिक बधाई दिन चाहन्छु।
पूर्ण वाइबा तामाङ
राप्रपा मोरङ























