सरोज बस्नेत
मोरङ क्षेत्र नं. १ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भयो । वामलोकतान्त्रिक गठबन्धन बाहिरी रुपमा भयो । मन मिल्न सकेन ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताले इमान्दारिताका साथ गठबन्धनको उम्मेद्वार जिताउन खटेको कुरा जगजाहेर छ ।े प्रतिनिधिसभामा डिगबहादुर लिम्बूको विजयीले पनि यो कुरा प्रष्ट पार्छ । कांग्रेसभित्र आन्तरिक विवादको बीचमा डिग काकाले जित्नु चानचुने कुरा होइन । यसले कांग्रेसजनले जसरी बुझुन् इमान्दारिता नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट सिकौं । कांग्रेसभित्र पनि केही इमान्दार नभएका होइन । तर, केही कांग्रेसको खोल ओडेर जहिले पार्टीको बद्नाम गर्ने पनि छन् । यो उनीहरुप्रति मात्रै भनिएको हो ।
प्रदेशसभा मोरङ क्षेत्र नं. १(१) मा माओवादी केन्द्रका कुलप्रसाद साम्बा (कुशल) भारी मतले पराजित बन्नु प¥यो । चुनाबी अभियानमा सँगै हिँड्ने कांग्रेसका मै हुँ भन्नेहरुले भोट हलो र सूर्यमा हालेको खुलेआम बताइरहेका छन् । अनि उनीहरुकै ठूलो स्वर । डिग काकाको जितमा उनीहरु तीन फिट उफ्रिरहेका छन्, रमाइरहेका छन् । इमान्दारिताका साथ गठबन्धन विजयी गराउन खट्नेलाई हिन्ताबोध भइरहेको छ । ती कांग्रेसका पिलोहरुलाई कार्वाही नगर्ने हो भने डिग काकाको विजयी उत्सवमा माओवादीका नेता तथा कार्यकर्ताहरु नैतिक रुपमा हिँड्नु हुँदैन । अर्को कुरा मोरङ क्षेत्र नं. १(२) मा नेकपा (एकीकृत समाजवादी) का उपेन्द्र घिमिरे पराजित बन्नुभयो । दुई वटै प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार विजयी हुनुभयो । तर, प्रतिनिधिसभामा वामलोकतान्त्रिक गठबन्धनका डिग काका विजयी हुँदा उहाँकै समूहका कार्यकर्ताले हलो र सूर्यमा भोट हालेको खुलेर बताइरहेका छन् । यसमा गम्भिरतापूर्वक नलिने हो भने नेकपा माओवादी केन्द्रका कोही नेता तथा कार्यकर्ता विजयी उत्सव कार्यक्रममा सहभागी हुनुहुँदैन । ती उत्कापीडहरुको मुख हेरेर विजयी उत्सव कार्यक्रममा सहभागी नबनौं ।























