उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा एमालेको तर्फबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्नु भएका घनश्याम खतिवडाले मतदाताहरुलाई धन्यवाद दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत खतिवडाले मोरङ १ मा मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरूमा आभार एबं धन्यवाद प्रकट गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा गरेको पोष्ट यस्तो छ
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा नेकपा एमालेको उमेद्वारका रुपमा मोरङ १ मा मलाई मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरूमा आभार प्रकट गर्दछु । चुनावका क्रममा दिनरात खट्ने नेता कार्यकर्ता कमरेडहरूलाई धन्यवाद । यो गुन कहिल्यै भुल्नेछैन । आफन्त र सहयोगी मनहरूमा साधुवाद । चुनाव हो, थोरै मत पुगेन तर केही दिनको विश्रामपछि राजनीतिक र सामाजिक मञ्चमा तपाईसँग भेट निरन्तर हुने नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय