माेरङ। डा. सुनिल कुमार शर्माले प्रतिनिधि सभा निर्वाचनका समयमा जनताका घरदैलाेमा पुग्दा गरेका बाचा सपथ नखाँदै पुरा गर्न थालेका छन् । चुनाबी अभियानका क्रममा चुनाब जितेकाे ७२ घन्टाभित्र नाेबेल शिक्षण अस्पतालमा आफ्नो क्षेत्रका बासिन्दाका लागि ५० वेडको नि:शुल्क क्याबिन सेवा सुरू गर्ने घाेषणा गरेकाेमा आज आइतबारबाट सुरू गरेका छन् ।

मोरङ क्षेत्र नम्बर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शर्माले विराटनगरकाे नाेबेलमा आफ्नो क्षेत्रका बासिन्दाका लागि ५० वेडको नि:शुल्क क्याबिन सेवा सुरु गरेका हुन् ।

५० बेडको क्याविनमा क्षेत्र नम्बर ३ बाट आउने सेवाग्राहीलाई नि:शुल्क सेवा प्रदान गरिने नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । ‘डा. सुनिल शर्माले जनताका माझ गर्नु भएकाे घाेषणा पुरा गर्ने क्रममा नाेबेलमा ५० वेडकाे निःशुल्क क्याविन सुरू गरिएकाे हाे । यहाँ क्षेत्र नम्बर ३ का जनताकाे उपचारमा औषधि खर्च वाहेक सबै निःशुल्क हुन्छ ।’ दाहालले भने ।

डा. शर्माले आफ्नाे क्षेत्रका जनताकाे स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षासँगै सुकुम्बासी समस्या समाधान, बेराेजगारी हल गर्ने, बाढी प्रकाेप लगायतका समस्या समाधानमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । यससँगै प्रतिनिधि सभामा रहेर मुलुककाे निती निमार्ण गर्ने सवालमा भूमिका निर्वाह गर्नेछन् ।

०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित डा. शर्माले यो पटक ढकाललाई भारी मतान्तरले पराजित गरेका थिए । डा. शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८९५ मत मात्र ल्याए । राप्रपा उम्मेदवार रेखा थापाले १० हजार ९८८ मत ल्याएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय