मोरङ /मोरङको निर्वाचन क्षेत्रमा निरन्तर चुनाव लडि रहनु भएका नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले टिकट पाउनु भएन । उहाको सट्टा यो क्षेत्रमा कांग्रेस नेत्री सुजता कोईरालाले टिकट पाउनु भयो ।

चुनाव लड्ने टिकट पाएपछी उहाँ निर्वाचनकालागी मोरङ आउनु भयो । अधिकांश समय काठमाडौनै बस्नुहुने सुजता चुनावकालागी भने ढुक्कै मोरङमा बस्नु भयो । गाउँ गाउँ जानू भयो, घरदैलोमा हरेक दिन व्यस्त रहनु भयो । कार्यार्ता भेटघाट निरन्तर गर्नु भयो तर उपलब्धि उहाको पोल्टामा परेन । आफू पराजित भएपछी उहाले पनि आफ्नै सहकर्मीको असहयोगले चुनाव हारेको निष्कर्ष निकाल्नु भयो ।

कोइरालाले पार्टीका नेता डा. मीनेन्द्र रिजालले गरेको खुला असहयोग र घातका कारण आफूले निर्वाचनमा पराजय भोग्नुपरेको आरोप लगाउनु भयो । नेतृ कोइरालाले आइतबार साँझ काठमाडौँ फर्कनुअघि विराटनगर विमानस्थलमा केही सन्चारकर्मीसगको भेटमा आफ्नो पराजयको सम्पूर्ण दोष नेता डा. रिजाललाई लगाउनु भएको हो ।
‘मीनेन्द्रजीका खास कार्यकर्ता भनिनेहरूले मीनेन्द्रजीकै इसारामा सुरुदेखि नै खुला रूपमा एमाले उम्मेदवारका लागि भोट मागे’, सुजाताको आरोप थियो, ‘उनीहरूले एमालेमा भोट दिन सक्तैनौँ भन्नेहरूसित घण्टी र हलोमा मत दिन आग्रह गरे। घण्टी र हलोका उम्मेदवार र समर्थकहरूले म र हाम्रा साथीहरूसित आफ्नो पार्टीले केही आसा नै नगरेका टोल र वार्डबाट सोचेभन्दा धेरै मत आएको बताएका छन्। मीनेन्द्रजीकै इसारा र निर्देशनमा केही भोट लौरोमा पनि गएको छ।’ उहा मोरङ क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलसित १ हजार २०८ मतको अन्तरले प्रतिनिधि सभाको निर्वाचनमा पराजित बन्नु भएको हो ।

एमालेका पोखरेलले ३३ हजार १४८ मत ल्याउँदा कोइरालाको ३१ हजार ९४० छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय