उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ नं. प्रदेश सदस्य पूर्ण वाइबाले ह्विल चियर प्रदान गर्नुभएको छ ।
सो पार्टीबाट मोरङ क्षेत्र नं. १(१) प्रदेश सभा सदस्यको उम्मेद्वार बन्नु भएका वाइबाले उर्लाबारी–२ का पूर्णबहादुर बोहोरालाई ह्विल चियर प्रदान गर्नुभएको हो । अपाङ्गता भएका बोहोरालाई हिँड्न सहज होस् भन्ने हेतुले ह्विल चियर प्रदान गरेको वाइबाले बताउनुभयो । चुनाबमा हारेपनि सामाजिक सेवामा सक्रियपूर्वक लागि पर्ने उहाँको भनाई छ । ‘चुनाबमा हारजित हुनु स्वभाविक हो’ उहाँले भन्नुभयो–‘सामाजिक कार्यमार्फत मोरङ क्षेत्र नं. १ का जनतासँग निरन्तर हातेमालो गरिरहनेछु ।’ उहाँले जनप्रतिनिधि भएर जनताको सेवा गर्ने इच्छा भने अझै रहेको बताउनुभयो ।























