उर्लाबारी । मोरङको उर्लाबारीकी शोभा चेम्जोङ पालुङ्वा नेपाली कांग्रेसबाट प्रदेश नं. १ को समानुपातिकबाट प्रदेश सभा सदस्य बन्ने हुनुभएको छ ।
१२ सिट पाउने काँग्रेसले २ पुरुष र १० महिला पठाउनुपर्नेछ । जसमा ६ आदिवासी जनजाति, ३ खसआर्य, १ दलित, १ मधेशी र १ थारु हुनुपर्नेछ । आदिवासी जनजातिको ५ नम्बरमा रहनु भएकी उर्लाबारी–५ की चेम्जोङ प्रदेश सांसद बन्ने पक्का जस्तै छ । नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत भइसक्नु भएकी चेम्जोङ सामाजिक सेवामा समर्पित रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय