रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुनेहरुको नाम करिब टुंग्याएको थियो । तर प्राइमरीमा धेरै मत पाउनेहरु नपरेको भन्दै विरोध भएको छ । रास्वपाका महामन्त्री मुकुल ढकालले डाक्टर चन्दा कार्की र निशा डांगीलाई बनाएका छन्। तर गणेश कार्की र दीपक बोहोराले पनि सांसद बन्नका लागि लबिङ गरेका थिए। यी दुबैले प्राइमरी ईलेक्सनमा दोश्रो र तेस्रो स्थान पाएका थिए ।
निष्कर्ष : गणेश कार्की र दिपक बोहोरा सांसद बन्ने नबन्ने हैन,कुरा थितिको हो,यदि जनमतको आधारलाई लत्याउनु नै थियो भने प्राइमरी ईलेक्सन गराएर के रमिता देखाएको ?

सामाजिक सञ्जालमा गणेश कार्की यस्तो लेख्छन्·
म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।
किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।
जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।
अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला ।
पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ ।
पुन: पुनश्च : माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय