उर्लाबारी । मोरङको उर्लाबारीकी नेतृ शोभा चेम्जोङ पालुङ्वा र विद्या चाम्लिङ समानुपातिकतर्फबाट प्रदेश सांसद बन्ने हुनुभएको छ ।
नेपाली कांग्रेसले बन्दसूचीको आदिबासी जनजातिको पाँचौ नम्बरमा रहनु भएकी चेम्जोङ र नेकपा एकीकृत समाजवादीको १ नम्बरमा रहनुभएकी चाम्लिङको नाम प्रदेश सांसदका लागि निर्वाचन आयोगमा बुझाएको हो । उहाँहरुको नाम निर्वाचन आयोगमा बुझाएपनि सांसद हुने वा नहुने भन्ने अब निर्वाचन आयोगले केही दिनमा फाइनल गर्नेछ । उर्लाबारी–५ निवासी चेम्जोङ र उर्लाबारी–७ निवासी चाम्लिङ प्रदेश नं. १ को सांसद बनेको खण्डमा उर्लाबारीले यस पटक प्रदेशसभामा तीन जना सांसद पाउने छ । यसअघि प्रत्यक्षबाट उर्लाबारी–८ का उमाकान्त गौतम निर्वाचित हुनुभएको थियो । उहाँ एमालेबाट निर्वाचित हुनुभएको हो ।























