
उर्लाबारी । मेयर कप फुटबलको उपाधि उर्लाबारी नगरपालिका वडा नं. ८ ले उपाधि जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा उर्लाबारी नगरपालिका वडा नं. ३ लाई २–३ गोल अन्तरले ट्राइब्रेकरमा पराजित गर्दै वडा नं. ८ ले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरबाट निर्णय गरिएको थियो । राजघाट भेट्रान क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता उर्लाबारी नगरपालिकाका ८ टिमको सहभागिता रहेको थियो । राजनीति खिचातानी भएको भन्दै उर्लाबारी वडा नं. ६ ले खेल बहिस्कार गरेको थियो । गत बर्षको विजेता उर्लाबारी वडा नं. ६ सहभागिता नभएपछि उद्घाटन खेलमा वडा नं. ८ ले नेट गोल गर्दै विजयी सुरुवात गरेको थियो । फाइनलको यात्रा तय गर्ने क्रममा उर्लाबारी वडा नं. २ लाई सेमिफाइनलमा हराएको उर्लाबारी वडा नं. ८ ले पहिलो पटक मेयर कप जितेको हो । यसअघिका संस्करणमा वडा नं. ५ र ६ ले मात्रै जितेको थिए । यसअघि वडा नं. ८ को साविक राजघाट–१ हुँदा वडास्तरीय कप फुटबल जितेको थियो । उपाधिसँगै वडा नं. ८ ले ७५ हजार रुपैयाँ जितेको छ भने वडा नं. ३ ले नगद ५० हजार रुपैयाँमा चित्त बुझायो ।