उर्लाबारी । नेकपा (एकीकृत समाजवादी) का सम्माननीय नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछिल्लो समय सत्ता प्राप्त गर्न मात्र पार्टीहरू केन्द्रित भएको बताउनुभएको छ ।
मोरङको उर्लाबारीमा आज नेकपा (एकीकृत समाजवादी) उर्लाबारी नगर कमिटीको आयोजना भएको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको भन्दै उहाँले देश जसरी अगाडि बढेको छ, कति बेला के हुन्छ भन्ने कुरा सहजै भन्न सकिने अवस्था नरहेको बताउनुभयो ।
एकीकृत समाजवादी तत्काल कुनै पार्टीसँग एकीकरण हुने सम्भावना नरहेको उहाँले प्रष्ट पार्नुभएको छ । उहाँले वामपन्थीको बीचमा एकता हुन आवश्यक रहेको बताउँदै उहाँले नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने बताउनुभयो । उहाँले वामपन्थीहरु विलय र आत्मसमर्पण भएर नभई नीति, विधि, सिद्धान्त आधारमा एकीकरण हुनु पर्नेमा जोड दिनुभयो । उहाँले एमाले र माओवादी एकीकृत भएर नेकपा बनेपनि नीति, विधि र सिद्धान्त नमिलेका कारण विभाजन भएको बताउनुभयो । एकीकृत समाजवादी क्रान्तिकारी पार्टी बन्ने उहाँको दाबी छ । बाह्य शक्तिले मुलुकमा अस्थिति सिर्जना गर्ने काम गर्ने भएकाले त्यसमा सचेत बन्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय